PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

जाडो याममा ओमोक्रनले बेलायतमा लिनसक्छ ७५ हजारको ज्यान



पहिलोपोस्ट

जाडो याममा ओमोक्रनले बेलायतमा लिनसक्छ ७५ हजारको ज्यान

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरियन्ट 'ओमोक्रन'का कारण यो जाडोयाममा इगंल्याण्डमा ७५ हजार को मृत्यु हुन सक्ने अनुमान गरिएको छ। त्यहाँको लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन (एलएसएचटीएम)ले गरेको अध्ययन अनुसार सरकारले नियन्त्रणका थप उपायहरु नअपनाए ७५ हजार सम्मको ज्यान लिन सक्ने देखाएको ब्लुमबर्गले जनाएको छ। 

गत साता देखि ओमेक्रोन संक्रमणलाई रोक्न लागु भएको सरकारले 'प्लान बी' नियम लागू गरेको छ। यस योजनाले डिसेम्बरदेखि अप्रिलसम्म पाँच महिनाको अवधिमा १ लाख ७५ हजार अस्पताल भर्ना हुने र २४ हजार ७०० मृत्यु हुन सक्ने अुनमान सहित योजना बनाइएको छ। 

खराब अवस्थामा ७४ हजार ८०० मृत्यु हुने प्रक्षेपण गरिएको छ। जुन कोभिड-१९ सुरु भएपछि इंगल्याण्डमा भएको मृत्युको झण्डै आधा संख्या हुनसक्छ। हालसम्म त्यहाँ एक लाख २७ हजार १५४ जनाको मृत्यु भएको छ। 

इंगल्याण्डमा मात्र संयुक्त राज्य (युके)को दुई तिहाई मृत्यु दर्ता भएका छन्। 

अनुसन्धान रिपोर्टको पियर रिभ्यु भने भइनसकेको एलएसएचटीएमले जनाएको छ। रिपोर्टमा अहिले लागू भएको प्लान बी पोलिसभन्दा थप नियन्त्रणका उपाय नअपनाए दैनिक २००० बढी अस्पताल भर्ना हुने र यो संख्या एक लाख ७५ हजार (सीआई : १३९०००-१९८०००) पुग्न सक्ने बताइएको छ। 

सो रिपोर्टमा नियन्त्रणका थप उपायहरु, मनोरञ्जन केन्द्रहरु बन्द गर्नु, अस्पतालहरु थप्न तथा भिडभाड नियन्त्रण गर्न सुझाव दिएको छ। यदि यी उपाय कडाइका साथ लागु गरे अस्पताल भर्ना हुनेको संख्या ५३ हजार र मृत्यु हुनेको दर सात हजार ६०० मा झार्न सकिने प्रतिवेदनले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell