PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

घोषणा पत्र सार्वजनिक गर्दै सभापतिका प्रत्यासी शेखर कोइराला



पहिलोपोस्ट

घोषणा पत्र सार्वजनिक गर्दै सभापतिका प्रत्यासी शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी शेखर कोइरालाले घोषणा पत्र सार्वजनिक गर्ने भएका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा घोषणा पत्र उनले घोषणा पत्र सार्वजनिक गर्दैछन्।

संस्थापन इतर समूहका कोइरालाले शनिवार गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको दौडबाट पछि हट्ने निर्णय गरेपछि शेखरले प्यानलसहित उम्मेदवारी दिएका थिए। इतर समूहबाटै प्रकाशमान सिंहले पनि सुजाता कोइरालालाई उपसभापति र विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell