
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नं २ बाट खुला तर्फ उम्मेदवारी दिएका आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्।
शनिवार भएको मनोनयन दर्ताका क्रममा प्रदेश २ बाट दुई सदस्यका लागि तीनजनाले उम्मेदवारी दिएका थिए। आइतवार जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुङ्गाना र रिजाल निर्वाचित भएका हुन्।
निर्विरोध निर्वाचित हुने दुवैजना प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। दुवैजना निर्विरोध भएको जानकारी निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए।