
अमेरिकी राज्यहरुमा शक्तिशाली आँधीका कारण ८४ जनाको मृत्यु भएको छ। मध्यपश्चिम र दक्षिणपूर्वी राज्यहरुमा आँधीका कारण धेरै जनधनको क्षति पुगेको हो।
केनटकी राज्यमा ७० जना, इल्लीनोसमा ६ जना, अरकन्सासमा दुईजना, टेन्नेस्सीमा चारजना र मिसौरीमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या १०० नाघ्न सक्ने अधिकारीहरुले बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आँधी प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा लाग्न निर्देशन दिएका छन्।