PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

जय नेपाल हलमा चलिरहेछ 'जय नेपाल', कांग्रेस महाधिवेशनले जगमगायो बन्द रहेको हल



पहिलोपोस्ट

जय नेपाल हलमा चलिरहेछ 'जय नेपाल', कांग्रेस महाधिवेशनले जगमगायो बन्द रहेको हल

काठमाडौं : लामो समयदेखि बन्द छ सिनेमा हल 'जय नेपाल'। हात्तीसारको यो फिल्म हलबाट हिजोसम्म सिनेमाका पोस्टर उत्रेको थिएन। फ्लेक्स देखिन्थ्यो - 'छ माया छपक्कै'। 

बन्द रहेको सिनेमा हल दुई दिन यता भरिभराउ रह्यो। त्यसो त राजधानीमा नेपाली कांग्रेसको महाधिवेशन सुरु भएयता होटलहरु भरिभराउ छन्। त्यसैको असर जय नेपाल हलमा पनि पर्‍यो। ताला लागेको ढोका खुल्यो। कोभिड १९ देखि सुनसान रहेको हल परिसरमा गाडी भरिभराउ भए। मानिसहरुको चहल पनि उल्कै बढ्यो। 

जय नेपालको दृश्यले सिनेमा हलका पुराना दिन सम्झाउने खालको थियो - अटाइ नअटाई दर्शक र चर्को भिड। काउन्टरमा लामो लाम।
यतिखेर सबैतिर खुला भए पनि काउन्टरको झ्याल खुलेन। सिनेमा हल कांग्रेस महाधिवेशनका लागि खुलेको थियो - यहाँको ठूलो पर्दामा चलचित्र चलाउन होइन।

जय नेपाल सिनेमाघरमा कांग्रेसका नेता बालकृष्ण खाडका समर्थकहरु जमघट हुँदा सिनेमा हल पुनर्जागृत भएको अनुभूति हुन्थ्यो। सिनेमा हलमा देखिएको अर्को दृश्य हो खाडका फ्लेक्स प्रिन्ट सहित चुनाव जिताउन गरिएको आग्रह। अर्थात् - जय नेपालमा 'जय नेपाल' चलिरहेको छ र हिरो छन् - खाड। ठूलो होडिङ बोर्डमा उनै देखिन्छन्। उनी यस महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार हुन्। आकांक्षी महामन्त्रीकै रहे पनि पार्टी अध्यक्ष शेरबहादुर देउवाको टिम बलियो बनाउन उनी केन्द्रीय सदस्यमै सीमित रहन तयार रहे।

तरुण दलका नेता तथा कार्यकर्ताको बाक्लो जमघट उनका लागि चुनावी माहोल तयार पार्नका लागि थियो - जय नेपालमा। फिल्म चल्न बन्द भए पनि एकपटक फेरि जय नेपाल जगमगाएको छ। खाडसँगै विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूले पनि भोट माग्ने आधार सिविर बनाएका छन् यो ठाउँलाई।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell