PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

ओमोक्रनबाट बुस्टर डोजले बचाउन सक्छ, तर अन्य भेरियन्टभन्दा ४० गुणा कम प्रभावकारी



पहिलोपोस्ट

ओमोक्रनबाट बुस्टर डोजले बचाउन सक्छ, तर अन्य भेरियन्टभन्दा ४० गुणा कम प्रभावकारी

कोभिड-१९ विरुद्धका भ्याक्सिनहरु ओमोक्रन भेरियन्टमा कम प्रभावकारी रहेको तथ्यांकले देखाएको छ। इजरायलको शेहब मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानमा फाइजरको कोभिड-१९ विरुद्धको भ्याक्सिनको न्युट्रलाइजिङ क्षमता तेस्रो डोज लगाए पनि डेल्टा भेरियन्ट भन्दा यसविरुद्ध कम रहेको देखाएको छ। 

त्यहाँको स्वास्थ्य मन्त्रालय अन्तर्गतको केन्द्रीय भाइरोलोजी ल्याबमा ४० जना खोप लगाएका स्वास्थ्यकर्मीमाथि अनुसन्धान गरिएको जेरुसेलम पोस्टले जनाएको छ। जसमध्ये २० जनाले गत महिना मात्र बुस्टर सट लिएका र २० जना पछिल्लो पाँच वा छ महिना अगाडि दोस्रो मात्रा लिएका स्वास्थ्य थिए। 

अध्ययनमा दोस्रो मात्रा खोप लिएकाहरुमा कोभिड-१९ को पछिल्लो भेरियन्टलाई न्युट्रलाइज गर्ने कुनै क्षमता नभएको देखिएको छ। यद्यपि, उनीहरुमा डेल्टा भेरियन्ट र कोभिड-१९को सुरुवाती स्ट्रेनलाई न्युट्रलाइज गर्ने क्षमता भने देखाएको छ। 

'जे जस्तो भए पनि तिनमा न्युट्रलाइज गर्ने क्षमता छैन। यो नै चिन्ताको विषय हो,' अनुसन्धानमा संलग्न अस्पतालको इन्फेकसियस डिजिज  इपिपिडिमियोलोजी युनिटका निर्देशक डाक्टर गिल रेगेभ-योचायेले भनिन्। उनले मानिसहरुले अन्य गम्भीर रोगसँग पनि जुध्न पर्ने हुनसक्ने बताइन्। 

हालै मात्र दुई मात्र खोप लिएकाहरु सुरक्षित छन् कि छैनन् भन्ने स्पष्ट हुन नसकेको उनले बताइन्। 

गत साता मात्र अफ्रिकामा भएको ल्याव टेस्टले फाइजर खोपको दोस्रो मात्रा लगाएकाहरुमा अन्य भेरियन्ट भन्दा यो भेरियन्ट ४० गुणा कम प्रभावकारी देखिएको थियो। 

यो अनुसन्धान रिपोर्टसँगै इजरायलको जनस्वास्थ्य सेवाका प्रमुख डाक्टर सारोन अलरोय-परेइसले नागरिकहरुलाई शीघ्र तेस्रो डोज लगाउन अनुरोध गरेका छन्। 

'दोस्रो मात्रा लगाएका भन्दा तेस्रो मात्रा लगाएकाहरु सुरक्षित देखिएका छन्,' उनले भनिन्, 'दुई मात्रा मात्र प्रभावकारी छैन।' 

उनले इजरायलमा ओमेक्रोनबाट संक्रमित एक मात्र व्यक्ति गम्भीर अवस्थामा रहेको र ती व्यक्ति खोप नलगाएका व्यक्ति रहेको उनले जानकारी दिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell