
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्यान्डल ह्याक भएको छ। मोदीको व्यक्तिगत ट्वीटर ह्यान्डल ह्याक भएको हो।
भारतको प्रधानमन्त्री कार्यालयले यस सम्बन्धी जानकारी गराउँदै 'ब्रिफ्ली कम्प्रमाइज्ड' भनेको छ। साथै तत्काल नै समस्या समाधान भइ सुरक्षित पारिएको जनाएको छ।
The Twitter handle of PM @narendramodi was very briefly compromised. The matter was escalated to Twitter and the account has been immediately secured.
— PMO India (@PMOIndia) December 11, 2021
In the brief period that the account was compromised, any Tweet shared must be ignored.
ह्याक भएको छोटो अवधिमा सेयर भएका ट्वीटलाई नजरअन्दाज गर्न प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ।
ह्याक भएसँगै सो ह्याण्डलबाट विटक्वाइन सम्बन्धी ट्वीट भएको थियो। भारतले विटक्वाइनलाई वैधानिकता दिएको र सरकारले ५०० बीटीसी किनेको र यो सबै देशवासीलाई वितरण गर्ने जानकारीसहित ट्वीट गरिएको थियो।
यद्यपी यो ट्वीटलाई अहिले हटाइसकिएको छ।