PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चुनावको रोचक दृश्य : फरक गुटका गगन थापा र विश्वप्रकाश दुवैलाई जिताउन मागिँदै मत



पहिलोपोस्ट

चुनावको रोचक दृश्य : फरक गुटका गगन थापा र विश्वप्रकाश दुवैलाई जिताउन मागिँदै मत

काठमाडौं : चुनाव हुँदाका कतिपय दृश्यहरु आफैँमा रोचक हुन्छन् जतिखेर फरक गुटका नेताका लागि समान रुपमा मत मागिन्छ। 

नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवारहरु गगन थापा र विश्वप्रकाश शर्मा दुई फरक गुटको प्रतिनिधित्व गर्छन्। तर, बाल्मिकी क्याम्पसमा यी दुवै नेतालाई जिताउनका लागि मत माग्नेहरु भिडिरहेका छन्। 

गगन थापा शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा होमिएका छन्। कांग्रेसका उम्मेदवारहरुमध्ये लोकप्रियताका आधारमा उनी सबैभन्दा माथि छन्। तर, त्यो लोकप्रियता मतमार्फत् कसरी प्रवाह हुन्छ यसै भन्न सकिन्न। त्यस्तै विश्वप्रकाश शर्मा हिजो प्रकाशमान सिंहको गुटमा खुले।

सिंहसँगै महाधिवेशनमा मनोनयनका लागि पुगेका विश्वप्रकाश पनि कांग्रेसमा नबिझाउने नेताका रुपमा छवि बनाएका छन्। शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतर समूहमा सक्रिय रहे पनि अन्तिममा एक रहन सकेनन्। विश्वप्रकाश लामो समय संस्थापनतिरै रहे पनि चुनावी अभियानको भेलमा हेलिँदा देउवा क्याम्पबाट बाहिरिए। 

महामन्त्रीमा संस्थापन पक्षबाट डाक्टर प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार छन्। शेखर कोइराला प्यानलबाट गगन थापा र डा मिनेन्द्र रिजाल उम्मेदवार छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell