PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

भृकुटीमण्डपमा मिनेन्द्र र विश्वप्रकाश : मत माग्दै, आशिर्वाद लिँदै

भृकुटीमण्डपमा मिनेन्द्र र विश्वप्रकाश : मत माग्दै, आशिर्वाद लिँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व छनोटका लागि भोलि मतदान हुँदैछ। पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरु अहिले भृकुटीमण्डप केन्द्रित भएका छन्।

भृकुटीमण्डपमा रहेका महाधिवेशन प्रतिनिधिहरुसँग उम्मेदवारहरुले बिहानैदेखि भेटेर मत मागिरहेका छन्।

सभापतिका प्रत्यासी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका मिनेन्द्र रिजाल र प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्मा पनि भृकुटीमण्डपमा पुगेर मत मागिरहेका छन्।

प्रतिनिधिहरुसँग भलाकुसारी गर्दै उनीहरु मत माग्न व्यस्त छन्। यस्तै, संचारमन्त्री ज्ञानेन्द्र कार्की पनि केन्द्रीय सदस्यका लागि मत मागिरहेका छन्।

भृकुटीमण्डपमा उद्योगपति विनोद चौधरी पनि पुगेका छन्। केन्द्रीय सदस्यमा मनोनयन दिएका उनीसँग युवाहरुले सेल्फी समेत लिइरहेको देखिन्थ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell