PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

भृकुटीमण्डपमा गगन र प्रदीप आमनेसामने : प्रतिनिधिसँग भेट्दै, मत माग्दै



पहिलोपोस्ट

भृकुटीमण्डपमा गगन र प्रदीप आमनेसामने : प्रतिनिधिसँग भेट्दै, मत माग्दै

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व छनोटका लागि भोलि मतदान हुँदैछ। पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरु अहिले भृकुटीमण्डप केन्द्रित भएका छन्।

भृकुटीमण्डपमा रहेका महाधिवेशन प्रतिनिधिहरुसँग उम्मेदवारहरुले बिहानैदेखि भेटेर मत मागिरहेका छन्। महामन्त्री पदका लागि हेभिवेट युवा अनुहार अहिले प्रतिस्पर्धामा छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाबाट महामन्त्रीका लागि उम्मेदवार बनेका प्रदीप पौडेल र शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका गगन थापा प्रतिनिधिहरुसँग मत माग्न व्यस्त छन्।

भृकुटीमण्डप पुगेर पौडेल र थापाले मत मागिरहेका छन्। त्यसक्रममा दुवै उम्मेदवार आमनेसामने भएका थिए। हात मिलाउँदै पौडेल र थापा छुटिएका थिए।

दुवै युवा नेता भृकुटीमण्डप परिसर पुग्दा उनीहरुसँग फोटो खिच्नेको घुइँचो लागेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell