PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अवैध रुपमा भित्रिएको सुनसहित विमानस्थलबाट तीन जना समातिए



पहिलोपोस्ट

अवैध रुपमा भित्रिएको सुनसहित विमानस्थलबाट तीन जना समातिए

काठमाडौं : अवैध हिसाबले भित्रिएको सुन सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार दिनमा तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

मंसिर २३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २३० नम्बरबाट दुवई हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा दुई ३१ वर्षीय र ३५ वर्षीय रहेका छन्। उनीहरुको मलद्वारमा लुकाएर सुन दुवईबाट ल्याएको खुलेको छ।

विमानस्थलको पार्कीङ क्षेत्रमा शंका लागेर चेक गर्दा मलद्वारबाट कालो रङको  चिल्लो रबरले बेरेर ल्याएको सुन भेटिएको थियो।

त्यस्तै, मंसिर २४ गते जजिरा एयरको उडानबाट कुवेत हुँदै काठमाडौं आएका भारतीय नागरिकलाई समेत पक्राउ परेका छन्। उनी काठमाडौंबाट गुण एयरको उडानबाट सिमरा जाने तयारीमा थिए।

थप अनुसन्धानको लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell