PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

प्रधानमन्त्री देउवा भृकुटीमण्डपमा मत माग्न पुगे, त्यहीँ प्रतिनिधिसँग खाना खाए



रासस

प्रधानमन्त्री देउवा भृकुटीमण्डपमा मत माग्न पुगे, त्यहीँ प्रतिनिधिसँग खाना खाए

काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप पुगेरमहाधिवेशन प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेका छन्।

आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका हुन्। कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत मागेका थिए।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गरेका थिए । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेका थिए।

प्रधानमन्त्री देउवाले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिए। प्रधानमन्त्रीले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell