PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

एमाले पोलिटव्यूरोमा गोकुल बास्कोटादेखि महेश बस्नेतसम्म, दुर्गा प्रसाईँसहित ४३ जना केन्द्रीय सदस्यमा मनोनित



पहिलोपोस्ट

एमाले पोलिटव्यूरोमा गोकुल बास्कोटादेखि महेश बस्नेतसम्म, दुर्गा प्रसाईँसहित ४३ जना केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं : नेकपा एमालेले ९९ सदस्यीय पोलिटव्यूरोको टुंगो लगाएको छ। ९९ सदस्यीय पोलिटव्यूरोमा १९ पदाधिकारी रहने र ८० जना केन्द्रीय सदस्यबाट चयन गर्ने गरी ९९ सदस्यीय पोलिटव्यूरोको नाम केन्द्रीय कमिटीको बैठकले टुंगो लगाएको हो।

आइतवार बसेको केन्द्रीय कमिटीको बैठकले ८० जना पोलिटव्यूरो सदस्य चयन गरेको हो। पोलिटव्यूरो सदस्यमा उपाध्यक्षमा पराजित घनश्याम भुसालसहित सचिवमा पराजित भीम आचार्यसम्म समेटिएका छन्। यसअघि उनीहरु एमालेको स्थायी कमिटीमा थिए।

त्यस्तै रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा पनि पोलिटव्युरोमा पुगेका छन्। त्यस्तै महेश बस्नेत, गोकुल बास्कोटा, शेरबहादुर तामाङ देखि डाक्टर राजन भट्टराईसमेत छन्। त्यस्तै सूर्य थापा, विशाल भट्टराई, लालबाबु पण्डितसम्म पोलिटव्यूरोमा परेका छन्। भट्टराई र पण्डितलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै पोलिटव्यूरोमा लगिएको हो।

शान्ता चौधरी, निरुदेवी पाल, सुजिता शाक्य पनि पोलिटव्यूरोमा परेका छन्।

यसैबिच एमालेले निर्वाचित केन्द्रीय सदस्यको १० प्रतिशत मनोनित गर्ने प्रावधान अनुसार ४३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। यसरी मनोनित हुनेमा लालबाबु पण्डित देखि विशाल भट्टराईसम्म छन्।

त्यस्तै, अनेरास्वियुका पूर्व अध्यक्ष ऐन महर, युवा संघका रमेश पौडेलसमेत केन्द्रीय सदस्यमा रहेका छन्। त्यस्तै बाग्लुङका सांसद सूर्य पाठक, आछामका सांसद यज्ञबहादुर बोगटी देखि बि एण्डी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसम्म मनोनित भएका छन्।  

यी हुन एमालेको पदाधिकारी बाहेकका पोलिटव्यूरो सदस्यहरु:

  • घनश्याम भुसाल
  • गुरु बराल
  • देवराज घिमिरे
  • भीम आचार्य
  • लालबाबु पण्डित
  • खगराज अधिकारी
  • किरण गुरुङ
  • काशीनाथ अधिकारी
  • रघुजी पन्त
  • भानुभक्त ढकाल
  • मणिचन्द्र थापा
  • शेरधन राई
  • कृष्णगोपाल श्रेष्ठ
  • यमलाल कँडेल
  • अग्नि खरेल
  • प्रभु साह
  • डा राजन भट्टराई
  • सीता पौडेल
  • विन्दा पाण्डे
  • गोरखबहादुर बोगटी
  • कर्णबहादुर थापा
  • राजेन्द्र गौतम
  • थममाया थापा
  • शेरबहादुर तामाङ
  • डा. शिवमाया तुम्बाहाम्फे
  • हिक्मत कार्की
  • गोकुल बाँस्कोटा
  • महेश बस्नेत
  • अरुण नेपाल
  • देवी ज्ञवाली
  • पर्शु मेघी गुरुङ
  • पुरुषोत्तम पौडेल
  • आनन्द पोखरेल
  • लिला गिरी
  • जगत विश्वकर्मा
  • कमलप्रसाद चौलागाईं
  • बालकृष्ण ढुंगेल
  • ईश्वरबहादुर रिजाल
  • जितबहादुर गौतम
  • विनोद श्रेष्ठ
  • सुमन प्याकुरेल
  • भैरवसुन्दर श्रेष्ठ
  • राम दयाल मण्डल
  • दलबहादुर राना
  • गोकुल घर्ती
  • वैजनाथ चौधरी
  • टुकराज सिग्देल
  • लिलानाथ श्रेष्ठ
  • खेममान खड्का
  • राजेन्द्र रावल
  • नारादमुनि राना
  • लिलबहादुर थापा मगर
  • सुजिता शाक्य
  • ज्वालाकुमारी साह
  • मोहन बानियाँ
  • मञ्जुकुमारी चौधरी
  • अच्युत मैनाली
  • विशाल भट्टराई
  • गणेश ठगुन्ना
  • खिमलाल भट्टराई
  • दधिराम न्यौपाने
  • देवेन्द्र दाहाल
  • रामेश्वर फुँयाल
  • ठाकुर गैरे
  • तिलकुमार मेयाङ्बो
  • जुलीकुमारी महतो
  • गौरी वली
  • निरुदेवी पाल
  • विमला घिमिरे
  • लीलाकुमारी भण्डारी
  • शान्त चौधरी
  • सीता गिरी वली
  • नन्दलाल चौधरी
  • कृष्णबहादुर राई
  • गुलावजंग शाह
  • लक्ष्मी पोखरेल
  • सूर्यबहादुर थापा
  • मनकुमार जैसी
  • सुशिला नेपाल
  • पार्वत गुरुङ

यी हुन केन्द्रीय सदस्यमा मनोनित:

  • १) लालबाबु पण्डित
  • २) विशाल भट्टराई ,
  • ३) चन्द्रमोहन गौचन
  • ४) कृष्ण केसी
  • ५) ऐन महर
  • ६) रमेश पौडेल
  • ७) सूर्य पाठक
  • ८) हरि घिमिरे
  • ९) पदम गिरी
  • १०) युवराज बाँस्कोटा
  • ११) यज्ञबहादुर बोगटी
  • १२) दल फडेरा
  • १३) बद्री न्यौपाने
  • १४) रुपनारायण श्रेष्ठ
  • १५) उद्धव रेग्मी
  • १६) प्रेम दंगाल
  • १७) भीम केसी
  • १८) सुवास देवकोटा
  • १९) हरिकृष्ण व्यञ्जनकार
  • २०) इन्दिरा गौतम
  • २१) सरस्वती चौधरी
  • २२) मानवीर राई
  • २३) यमुना रोका
  • २४) कल्पना चापागाईं
  • २५) आशा विक
  • २६) उमा कोइराला
  • २७) नैनकला ओझा
  • २८) मञ्जु गुरुङ
  • २९) इन्दिरा सञ्जेल
  • ३०) विमला अर्याल
  • ३१) गीता कार्की
  • ३२) शान्ति अधिकारी
  • ३३) रुक्मिणी राना
  • ३४) तारादेवी गुरुङ
  • ३५) सविता यादव
  • ३६) विषमलाल अधिकारी
  • ३७) रेशम लामा
  • ३८) गोविन्द दुवाल
  • ३९) रतननाथ योगी
  • ४०) चन्द्रबहादुर विश्वकर्मा
  • ४१) सहदेव बोटी
  • ४२) बालसिंह काउछा
  • ४३) दुर्गा प्रसाई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell