PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

यी हुन एमालेका स्थायी कमिटी सदस्यहरु, प्रदेश अध्यक्षहरु पनि भए चयन



पहिलोपोस्ट

यी हुन एमालेका स्थायी कमिटी सदस्यहरु, प्रदेश अध्यक्षहरु पनि भए चयन

काठमाडौं : नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटीको टुंगो लगाएको छ। ४५ सदस्यीय स्थायी कमिटीमा १९ पदाधिकारीसहित बाँकी २६ सदस्यलाई केन्द्रीय कमिटीको बैठकले मनोनयन गरेको हो।

यसरी स्थायी कमिटीमा उपाध्यक्षमा पराजित घनश्याम भुसाल, सचिवमा पराजित भीम आचार्य देखि पदाधिकारीमा नपरेर केन्द्रीय सदस्यमा मनोनयन नगरिएका लालबाबु पण्डितसमेत परेका छन्। पण्डितलाई केन्द्रीय सदस्यमा मनोनित गरी स्थायी कमिटीमा तानिएको हो।

स्थायी कमिटीमा भानुभक्त ढकाल देखि डाक्टर राजन भट्टराईसमेत परेका छन्। त्यस्तै शेरधन राई, कर्णबहादुर थापा, हिक्मत कार्की, किरण गुरुङ र कृष्णगोपाल श्रेष्ठसमेत कमिटीमा छन्। त्यस्तै रघुजी पन्त पनि स्थायी कमिटीमा परेका छन्। स्थायी कमिटीमा पूर्व माओवादी समूहबाट आएका मणिचन्द्र थापा, प्रभु साहसमेत अटाएका छन्। स्थायी कमिटीमा सीता पौडेल, बिन्दा पाण्डे, थाममाया थापा, शिवमाया तुम्बाहाङ्फे पनि छन्। 

यसैबिच, एमालेको स्थायी कमिटी बैठकले प्रदेश अध्यक्षहरुसमेत टुंगो लगाएको छ।

प्रदेश १ अध्यक्षमा तुलसीप्रसाद न्यौपाने, प्रदेश २ मा रामअवतार यादव, वाग्मती प्रदेशमा केशवराज पाण्डे, गण्डकी प्रदेशमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकमार शाह र सुदूरपश्चिममा दामोदर भण्डारी अध्यक्षमा चयन भएका छन्।

उपत्यका विशेष कमिटीको अध्यक्षमा प्रेम पराजुलीलाई मनोनयन गरेको छ।

यी हुन् एमालेका स्थायी कमिटी सदस्यहरु:

  • केपी शर्मा ओली
  • ईश्वर पोखरेल
  • अष्टलक्ष्मी शाक्य
  • युवराज ज्ञवाली
  • रामबहादुर थापा
  • विष्णु पौडेल
  • सुरेन्द्र पाण्डे
  • सुवासचन्द्र नेम्वाङ
  • शंकर पोखरेल
  • पृथ्वी सुब्बा गुरुङ
  • प्रदीप ज्ञवाली
  • विष्णु प्रसाद रिमाल
  • गोकर्ण विष्ट
  • छविलाल विश्वकर्मा
  • टोपबहादुर रायमाझी
  • पद्मा अर्याल
  • योगेश भट्टराई
  • रघुवीर महासेठ
  • लेखराज भट्ट
  • घनश्याम भुसाल
  • गुरु बराल
  • देवराज घिमिरे
  • भीम आचार्य
  • लालबाबु पण्डित
  • खगराज अधिकारी
  • किरण गुरुङ
  • काशीनाथ अधिकारी
  • रघुजी पन्त
  • भानुभक्त ढकाल
  • मणिचन्द्र थापा
  • शेरधन राई
  • कृष्णगोपाल श्रेष्ठ
  • यमलाल कँडेल
  • अग्नि खरेल
  • प्रभु साह
  • डा राजन भट्टराई
  • सीता पौडेल
  • विन्दा पाण्डे
  • गोरखबहादुर बोगटी
  • कर्णबहादुर थापा
  • राजेन्द्र गौतम
  • थममाया थापा
  • शेरबहादुर तामाङ
  • शिवमाया तुङ्वाहाम्फे
  • हिक्मत कार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell