PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

अश्लील शीर्षक राखेको अभियोगमा युटुवर पक्राउ



पहिलोपोस्ट

अश्लील शीर्षक राखेको अभियोगमा युटुवर पक्राउ

काठमाडौंः अश्लील शीर्षक राखेको अभियोगमा प्रहरीले एक युटुवरलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले कालिकोट घर भएका २१ वर्षीय भरतबहादुर तिरुवालाई नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको टेन्सन ब्रो नामक युटुव च्यानलमा अश्लील शीर्षक राखेर प्रसारण गरेकाले पक्राउ गरेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell