PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

देउवाका लागि मत माग्दै आरजुले भनिन् : महिलाका लागि सबैभन्दा ठूलो आवाज उठाउने शेरबहादुर हुन्



पहिलोपोस्ट

देउवाका लागि मत माग्दै आरजुले भनिन् : महिलाका लागि सबैभन्दा ठूलो आवाज उठाउने शेरबहादुर हुन्

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले १४ औं महाधिवेशनबाट फेरि शेरबहादुर देउवा नेतृत्वमा आउनुपर्ने बताएकी छिन्। प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाकी श्रीमती आरजुले महिलाका लागि गरेको काम हेरेर मत दिन आग्रह गरेकी हुन्।

पर्यटन बोर्डको सभाहलमा नेपाल महिला संघले आयोजना गरेको महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आरजु राणाले भनिन्, 'महिलाको लागि सबभन्दा ठुलो आवाज उठाउने शुरबहादुर देउवा हुनुहुन्छ। देउवाको टिमलाई जिताउँ।'

आरजु देउवाले यो महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell