PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

महाधिवेशनमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान सकिँदैन, देउवा सरकारले निरन्तरता पाउनुपर्छ : कृष्णप्रसाद सिटौला



पहिलोपोस्ट

महाधिवेशनमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान सकिँदैन, देउवा सरकारले निरन्तरता पाउनुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान नसकिने बताएका छन्।

कमल पोखरीस्थित अग्रवाल भवनमा महाधिवेशन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक मनोविज्ञानले ठूलो महत्व राख्ने भन्दै १४ औं महाधिवेशनमा फेरि सभापतिका प्रत्यासी बनेका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई मत मागेका हुन्।

पराजित उम्मेदवारको नेतृत्वमा रहेको सरकार बोकेर निर्वाचनमा जान नसकिने उनको तर्क थियो। त्यसैले उनले देउवालाई सभापतिमा जिताउँदै उनकै नेतृत्वको सरकारले निरन्तरता पाउनुपर्ने बताए।

'हामी निर्वाचनमा हारेको प्रधानमन्त्री लिएर जानेकी जितेको ?  उच्च मनोबल भएको प्रधानमन्त्री लिएर जाने' उनले प्रश्न गर्दै भने, 'हारेको प्रधानमन्त्री कसरी निर्वाचनमा जान सक्‍छ? शेरबहादुरमा के बिग्रिएको छ र निरन्तरता नदिने ? मैले सडकमा बसेर तपाईलाई समर्थन गरेको छु भनेर भनेको छु।'

उनले गत निर्वाचनमा कांग्रेसको पराजयको कारण वाम गठबन्धन भएको समेत बताए। त्यही गठबन्धनका कारण देशमा त्रास र भष्ट्राचार फैलिएको उनको आरोप थियो। देउवा सरकार बनेपछि केपी शर्मा ओली सरकारबाट देशले मुक्ति पाएको उनले स्मरण गरे।

उनले प्रतिनिधिहरुलाई सेन्टिमेन्टबाट निर्णय नलिन आग्रह गर्दै आउने निर्वाचनमा कांग्रेसलाई जिताउने उम्मेदवारलाई निर्वाचित गराउन आग्रह समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell