PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

हेटौंडामा अन्तर प्रदेश समन्वय वैठक सुरु



पहिलोपोस्ट

हेटौंडामा अन्तर प्रदेश समन्वय वैठक सुरु

हेटौंडाः वाग्मती प्रदेशको राजधानीमा पहिलोपटक अन्तर प्रदेश समन्वय वैठक हेटौंडामा आइतबारदेखि सुरु भएको छ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गरेको उक्त समन्वय वैठकमा संघीय सरकारका मुख्यसचिव शंकरदास वैरागीसहित सातै प्रदेशका प्रमुख सचिव रहेका छन्।

प्रदेशहरुका असल अभ्यास, संघीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणादायी कार्य र चुनौतीहरुका बारेमा विस्तृत छलफल गरेर निष्कर्ष निकाल्ने उद्देश्यले अन्तरप्रदेश समन्वय वैठक राखिएको वाग्मती प्रदेशका प्रमुख सचिव किरणराज शर्माले जानकारी दिए। 

उक्त समन्वय बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा काम गर्नका लागि संघीय सरकारले निजामती सेवा ऐन र प्रहरी समायोजन नल्याएकाले समस्या भएको बताए। संघीय सरकारले योजना हस्तान्तरण गर्ने तर रकम उपलब्ध नगराएकाले योजना सम्पन्न गर्न समस्या भएको बताए।

संघीय सरकारले औद्योगिक क्षेत्रहरुलाई बेवारिसे बनाएको आरोप लगाउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारलाई औद्योगिक क्षेत्रहरु हस्तान्तरण गर्न माग गरेका थिए। संघीयता कार्यान्वयन गर्न यो वैठकले महत्वपूर्ण योगदान दिने बताए।

कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले प्रशासकहरु विकासका संवाहक भएको बताए। नागरिक र सरकारको सेतुको काम प्रशासकहरुले गर्नुपर्ने विचार व्यक्त गरेका थिए। संघीयता कार्यान्वयन गर्न यो बैठकले सकारात्मक भूमिका खेल्ने उनको तर्क थियो।

वाग्मती प्रदेश सरकारले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद थपलिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अजुर्नप्रसाद पोखरेलको सहभागिता रहेको थियो। उक्त बैठक मंगलबारसम्म सञ्चालन हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell