PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

एम्बाप्पेको दोहोरो गोलमा पीएसजीको जित



पहिलोपोस्ट

एम्बाप्पेको दोहोरो गोलमा पीएसजीको जित
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोलीले मोनाकोमाथि २-० गोलअन्तरको सहज जित निकालेको हो।

पीएसजीको जितमा किलियन एम्बाप्पेले दोहोरो गोल गरे।

खेलको १२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई खेलमा अग्रता दिलाएका थिए। पीएसजीका एन्जेल डी मारियालाई मोनाकोका डिफेन्डर डिजिब्रिल सिडिबीले बक्सभित्र लडाएपछी पीएसजीले पेनाल्टीको मौका पाएको थियो। त्यस्तै दोस्रो गोल खेलको ४५ औं मिनेटमा लियोनल मेस्सीको पासमा एम्बाप्पेले गरेका थिए। दोस्रो हाफमा दुबै टीमले गोल गर्न नसक्दा खेल २-० ले पीएसजीले आफ्नो पइमा पार्‍यो।

जितसँगै पीएसजीले १८ खेलबाट ४५ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मार्सेलीको ३२ अंक छ।२६ अंक जोडेको मोनाको भने तालिकाको ८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell