PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मतदानको अघिल्लो दिन देउवासँग शशांकको भेट, टिम देउवामा शशांकको नाम दोस्रो नम्बरमा



पहिलोपोस्ट

मतदानको अघिल्लो दिन देउवासँग शशांकको भेट, टिम देउवामा शशांकको नाम दोस्रो नम्बरमा
फोटो : PMO

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग भेटेका छन्।

आइतबार दिउँसो दुई नेताबीच भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले पुष्टि गरे।

भेटमा महाधिवेशनमा मिलेर जानेबारे छलफल भएको परियारले दाबी गरे। टिम देउवाले कोइरालाको नाम आफ्नो टिममा समावेश गरिसकेको दाबी गरेको छ। `डा शशांकको नाम टिम देउवामा परिसकेको छ,´ उनले भने।

सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालालाई शशांकको समर्थन रहेको बताइएको थियो। तर आइतबार साँझ अनुपम फुडल्यान्डमा शेखरले आयोजना गरेको कार्यक्रममा शशांक पुगेनन्।

डा शशांक पक्षका केही नेताको नामसमेत देउवा टिमको केन्द्रीय सदस्यमा समेटिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell