PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिलो अंकको खोजीमा जावलाखेल, 'राम्रो खेल खेलेर पनि पराजय ब्यहोरेका छौं'



मुकुन्द घिमिरे

पहिलो अंकको खोजीमा जावलाखेल, 'राम्रो खेल खेलेर पनि पराजय ब्यहोरेका छौं'
मनाङ मर्स्याङदीका खेलाडीसँग प्रतिस्पर्धा गर्दै जावलाखेलका खेलाडी (सेतो जर्सी) फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजका दुई खेल सकिएसँग चौथो चरणका खेलहरु पनि सकिनेछन्। चौथो चरणको अन्त्यसम्म आइपुग्दा अंकविहीन रहेको क्लब हो जावलाखेल युथ क्लब। जावलाखेल जस्तै लगातार तीन खेलमा पराजय ब्यहोरेको एपीएफले चौथो चरणमा आएर आइतवारको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक जोडेको थियो। आजको दोस्रो खेलमा जावलाखेलले ब्रिगेड व्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

लिगमा आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबसँग १-०, दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १-० र तेस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबसँगको २-० को हार जावलाखेलको हालसम्मको नतिजा हो। राम्रो खेल प्रदर्शन गरेर पनि जावलाखेलले जारी लिगमा गोल गर्न सकेको छैन। यद्यपि प्रदर्शनका हिसावले र टेक्निकल हिसाबले जावलाखेल बलियो भएको अन्य टोलीका प्रशिक्षकहरुले पनि प्रतिकृया दिँदै आएका छन्।

जावलाखेलका प्रशिक्षक किसोर कुमार केसी आफूहरु ट्याक्टिक पार्ट र फिनिसिङमा चुकिरहेको बताउँछन्।

'ट्याक्टिकल पार्ट र किलिङ टचमा समस्या छ। अट्याकर्सहरु छन् उनीहरुको बेसिकलाई ध्यान नदिएको हो कि जस्तो लाग्छ।' चौथो चरणको खेलअघिको पत्रकार सम्मेलनमा केसीले भनेका थिए।

आजको खेलमा पनि राम्रो खेल प्रस्तुत गर्ने केसीले बताए।

'ब्रिगेडसँग राम्रो खेल्ने हो। सुन्दर खेल पस्किने हो। राम्रो खेल देखाएर पनि पराजय ब्यहोरिरहेका छौं,' केसीले भने, 'विपक्षीमा चारजना एन्फाका छन्। विदेशीहरुले पनि राम्रो गरिरहेका छन्।'

ब्रिगेड व्वाइजका अफिसियल समीर मिश्रले जावलाखेलको शैली राम्रो भए पनि सामान्य गल्तीले पराजय ब्यहोरेको भन्दै आफूहरुले राम्रो खेल प्रदर्शन गर्ने बताए।

'राम्रै तयारी भइरहेको छ। कमी कमजोरी सुधारेका छौं।' उनले भने।

ब्रिगेड व्याइज र जावलाखेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुँदैछन्।

संकटा र पुलिसको संघर्ष

आजै हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन्। समान ५ अंक जोडेका संकटा र पुलिस अंकतालिकामा क्रमश छैठौं र सातौ स्थानमा छन्।

पुलिसका प्रशिक्षक अनन्त थापाले संकटासँग आफूहरु तीनअंककै लागि खेल्ने बताए।

'हामी आउँदो राम्रो तीन अंकका लागि खेल्दैछौं,' उनले अघिल्लो खेलसँग जोड्दै भने, 'यसअघिको खेलमा सुरुमै गोल खान पुगेकाले दवाब पर्‍यो। पोजिसन डोमिनेट थियो। अट्याकिङ थर्डमा आक्रमण चाहियो। त्यही भएर अनुभवी खेलाडी मैदान उतार्‍यौं।'

उता संकटाका सहायक प्रशिक्षक राजकुमार केसी पुलिस र आफ्नो लेभल एकै भएकाले स्पस्ट तीन अंकका लागि मैदान उत्रने बताए।

'विगतमा रहेको कमीकमजोरीलाई सुधारेर प्रदर्शन गर्छौं भन्ने छ। पुलिस र हामी बीचको लेभल एकै हो। टिम वर्क राम्रो छ,' उनले भने, 'पुलिसले अघिल्लो खेलमा जुमानु र भोला आएपछि सेट पाएको जस्तो लाग्यो। तीन अंकका लागि खेल्छौं। अघिल्लो वर्षको हेरी यसपटक टिमको प्रदर्शनबाट सेटिस्फाइड छौं।

आफ्नो पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा जावलाखेल युथ क्लबमाथि १-० को जित निकालेको थियो। त्यस्तै तेस्रो खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएको थियो।

त्यस्तै संकटाले आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोलअन्तरले हराएको थियो। त्यस्तै पछिल्लो खेलमा मनाङ मर्स्याङदी क्लबसँग २-२ को बराबरी खेलेको थियो।

संकटा र पुलिस आज दिउँसो १ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell