PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काँग्रेस महाधिवेशन : मतदान शुरु हुँदै, मतदाता बिहानैदेखि लाइनमा

काँग्रेस महाधिवेशन : मतदान शुरु हुँदै, मतदाता बिहानैदेखि लाइनमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयानका लागि मतदान सुरु हुँदैछ। मतदान सुरु हुन लागिरहेको छ भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्।

त्यस्तै महामन्त्री पदका आकांक्षी गगन थापा र प्रकाशशरण महत मतदातासँग भोट माग्दै गरेका छन्। थापा शेखर कोइरालाको र महत शेरबहादुर देउवामा प्यानलबाट महामन्त्रीका लागि उम्मेद्वार हुन्।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ। मतदान सोमवार आज ५ बजेसम्म हुनेछ। मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ। अन्तिम नामावली अनुसार १३४ पदका लागि ४८६ जनाको उम्मेद्वारी परेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell