PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत, अन्य पदाधिकारीको टुंगो लागेन



पहिलोपोस्ट

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत, अन्य पदाधिकारीको टुंगो लागेन

पोखरा : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुसुम) चयन भएकी छन्। शनिबारदेखि पोखरामा जारी रहेको प्रदेश अधिवेशनले कुसुमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। 

शनिबार सुरु भएको प्रदेश अधिवेशनमा आकांक्षीहरु धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित भएका थिए। प्रदेशको पहिलो बैठकबाट अध्यक्ष तोक्ने गरि आइतबार नै बैठक चलेको थियो। तर आकांक्षी धेरै भएकाले समिती पदाधिकारी टुंग्याउन सकस परिरहेको छ। आज सोमबार बसेको बैठकले भने अध्यक्षमा कुसुमलाई सर्वसम्मत रुपमा चयन गरेको हो। 
 
अध्यक्षको टुंगो लागे पनि उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारीको भने टुंगो लागेको छैन। बाँकी पदाधिकारीको टुंगो अर्को बैठकले लगाउने बताइएको छ। अध्यक्षमा चयन भएकी गुरुङ गण्डकी प्रदेशसभा सदस्य हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell