PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भारतकी हरनाज संधू बनिन् मिस युनिभर्स २०२१, २१ वर्षपछि भारत फर्कियो ताज



पहिलोपोस्ट

भारतकी हरनाज संधू बनिन् मिस युनिभर्स २०२१, २१ वर्षपछि भारत फर्कियो ताज

मिस युनिभर्स २०२१ को ताज भारतकी हरनाज संधूले जितेकी छिन्। मिस युनिभर्सको ७० औं संस्करण आइतवार इजरायलमा सम्पन्न भएको थियो। ७९ देशकी प्रतिस्पर्धीलाई पछि पार्दै संधूले उपाधि जितेकी हुन्। चंडीगढकी संधू पेशाले मोडल हुन्।  

 

भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको हो। सन् २००० मा लारा दत्तले मिस युनिभर्सले ताज जितेकी थिइन्।

मिस युनिभर्सको फस्ट रनर अप मिस पराग्वे नाडिया फेरेरा र सेक्न्ड रन अप मिस साउ अफ्रिका लालेला मस्वाने बनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell