PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि साढे ३ घण्टा ढिलो गरी सुरु भयो मतदान



पहिलोपोस्ट

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि साढे ३ घण्टा ढिलो गरी सुरु भयो मतदान

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो। महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन्। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ।

मतदाताको संख्या बढी भएपछि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ। राष्ट्रिय सभागृहमा दुई तिर मतदान बुथ स्थापना गरिएको छ।

त्यसैगरी, भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग-अलग मतपेटिकाको व्यवस्था गरिएको छ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ।

सभापतिका लागि पाँचजना प्रतिस्पर्धीबिच भिडन्त हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वका लागि प्रतिस्पर्धामा छन्। सभापतिका सबै प्रत्यासी मतदानस्थल प्रवेश गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell