PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कांग्रेस महाधिवेशन : ४ घण्टा लाइनमा बस्दा पनि मतदान गर्न नपाएको भन्दै आक्रोशित बने प्रतिनिधि



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन : ४ घण्टा लाइनमा बस्दा पनि मतदान गर्न नपाएको भन्दै आक्रोशित बने प्रतिनिधि

काठमाडौं : १४ औं महाधिवेशनबाट  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भइसकेको छ।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिहरु बिहान ७ बजेदेखि मतदानका लाइनमा बसिरहेका छन्। तर, लाइनमा बसेको चार घण्टा हुन लाग्दा समेत मत दिन नपाएको भन्दै प्रतिनिधिहरु आक्रोशित बनेका छन्।

मिडियासँग कुरा गर्दै लाइनमा बसिरहेका केही प्रतिनिधिहरुले बेलामै व्यवस्थापन गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell