PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भृकुटीमण्डप पुगे



पहिलोपोस्ट

मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भृकुटीमण्डप पुगे

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। मतदान गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानस्थल भृकुटीमण्डप पुगेका छन्। उनी सभापतिका उम्मेद्वार समेत हुन्। उनीसँग अन्य चार जना सभापति पदमा प्रतिस्पर्धी छन्।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो। महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन्। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ।

मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell