PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मतदानको तस्विर खिच्न पुगेका फोटो पत्रकारलाई निर्वाचन समितिको आदेशमा बाहिर पठाइयो, सभागृहमा 'क्यामरा डाउन'



पहिलोपोस्ट

मतदानको तस्विर खिच्न पुगेका फोटो पत्रकारलाई निर्वाचन समितिको आदेशमा बाहिर पठाइयो, सभागृहमा 'क्यामरा डाउन'

काठमाडौं : १४ औं महाधिवेशनबाट  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानको तस्विर खिच्न पत्रकारलाई रोक लगाइएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गर्न पुगेपछि निर्वाचन अधिकृतले माइकिङ गरेर संचारकर्मीलाई मतदानस्थल बाहिर पठाउन निर्देशन दिएका थिए। त्यसलगत्तै प्रहरीले संचारकर्मीलाई बाहिर निकालेको हो।

बिहानैदेखि मतदानको कभरेजका लागि पुगेका फोटो पत्रकारहरुले निर्वाचन समितिको निर्णयको विरुद्ध 'क्यामरा डाउन' गरेका छन्।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell