PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बौद्धमा स्कुटरले ठक्कर दिँदा ७४ वर्षीय पुरुषको मृत्यु



पहिलोपोस्ट

बौद्धमा स्कुटरले ठक्कर दिँदा ७४ वर्षीय पुरुषको मृत्यु

काठमाडौंः बौद्धमा पौदलयात्रीलाई स्कुटरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित सडकमा बा.५८ प ७७७३  नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने नुवाकोट सिखुरे घर भइका ७४ वर्षीय कृष्ण बहादुर नेपालीको आइतबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell