काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानमा सभापतिका प्रत्यासीहरुले मत दिएका छन्। राष्ट्रिय सभा गृहमा सभापति पदका लागि प्रतिस्पर्धा गरिरहेका प्रधामन्त्री शेरबहादेर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरिसकेका छन्।
महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि बिहानैदेखि लाइनमा छन्। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो।
निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ।