PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

एमसीसीको विरोध गर्दै दरबारमार्गमा घेराउ

एमसीसीको विरोध गर्दै दरबारमार्गमा घेराउ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन्। 

दरवारमार्गस्थित होटल याक एण्ड यतीमा रहेको कार्यालयमा उनीहरुले घेराउ गरेका हुन्। घेराउ गर्न आएको प्रदर्शनकारीहरुलाई प्रहरीले होटलको गेट बाहिर रोकेको छ। 

मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीसहितका विभिन्न घटकहरुले एमसीए नेपालको कार्यालय घेराउ गरेका हुन्। 

एमसीसी सम्झौताको खारेजीको माग गर्दै चरणवद्ध रुपमा आन्दोलनमा रहेको यो मोर्चाले मंगलवार संघीय संसद भवन वानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell