PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

प्रति व्यक्ति प्रति वर्ष १ डलर लगानी थपे २०३० सम्म ७० लाख मानिसलाई मृत्युबाट जोगाउन सकिने डब्लुएचओको प्रतिवेदन



पहिलोपोस्ट

प्रति व्यक्ति प्रति वर्ष १ डलर लगानी थपे २०३० सम्म ७० लाख मानिसलाई मृत्युबाट जोगाउन सकिने डब्लुएचओको प्रतिवेदन

काठमाडौं : डब्लुएचओको पछिल्लो प्रतिवेदनले प्रतिव्यक्ति प्रतिवर्ष एक डलर थप लगानी गरे गरिव देशहरुमा ७० लाख मानिसको ज्यान जोगाउन सकिने देखाएको छ। 

सन् २०३० सम्ममा अति कम तथा मध्यम आय भएका मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष एक डलर लगानी थप गरे गैर सरुवा रोगको उपचार र नियन्त्रणमा खर्च गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। जुन खर्चले ७० लाख जनासम्म नागरिकको ज्यान जोगाउन सकिने उल्लेख छ। 

विश्वभर हाल प्रति १० मृत्युमा सात जनाको मृत्यु गैर सरुवा रोगहरु जस्तै मुटु रोग, मधुमेह, क्यान्सर तथा स्वासप्रश्वास सम्बन्धी रोगहरुबाट हुने गरेको छ। अति कम आय भएका देशहरुमा यसको अनुमान गर्न नसकिने उल्लेख छ। कम आय भएका देशहरुमा गैर सरुवा रोगबाट ८५ प्रतिशत मृत्यु ३०-३९ उमेर समूहका नागरिकहरुको हुने गरेको छ। 

यी मृत्युलाई रोक्न सकिने डब्लुएचओले जनाएको छ। 

सो रकमबाट डब्लुएचओको प्रयास परीक्षण अभियानबाट सुर्तीजन्य पदार्थ, रक्सीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन सकिने तथा पोषण सुधार, शारीरिक गतिविधि बढाउँदै मुटुजन्य रोग, मधुमेह र ग्रीवाको क्यान्सर रोक्न सकिने प्रतिवेदनमा उल्लेख छ। 

डब्लुएचओले 'बेस्ट वाइ' अभियानलाई बढाउँदै २०३० सम्म २३० विलियन अमेरिकी डलरसमेत संचित गर्न सकिने उल्लेख छ। 
प्रतिवेदनमा यो रकमको रणनीतिक लगानीले गरिब देशका नागरिकहरुको स्वास्थ्य तथा आर्थिक सुधार गर्न सकिने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell