PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

मतपत्र सकिएपछि रोकियो मतदान, बेलुका ५:४५ बजेसम्म २८ सय ९ प्रतिनिधिले दिए भोट



पहिलोपोस्ट

मतपत्र सकिएपछि रोकियो मतदान, बेलुका ५:४५ बजेसम्म २८ सय ९ प्रतिनिधिले दिए भोट

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन जारी छ। बेलुका ५:४५ बजेसम्म २ हजार ८ सय ९ प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

मध्यान्नबाट सुरु भएको निर्वाचनमा १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृहमा ९ सय र भृकुटीमण्डपका दुई बुथमा १९ सय ९ मत खसेको छ। 

निर्वाचनकै बिचमा मतपत्र सकियो

कांग्रेसको निर्वाचनकै बिचमा मतपत्र सकिएपछि निर्वाचन रोकिएको थियो। थप मतपत्र आइसकेको निर्वाचन समितिले जनाएको छ। आएका मतपत्र रुजु गरेर हस्ताक्षर गरेपछि निर्वाचनको प्रकृया पुन: सुरु हुँदैछ। 

कांग्रेसले आफूलाई 'डिजिटल कांग्रेस' भन्दै प्रचार गर्दै आएको भए पनि महाधिवेशनमा त्यसको ठीक उल्टो दृश्यहरु देखिएको छ। निर्वाचनको मत पेटिकाको स्थानमा हरिया ट्याङ्की राखिएको छ। डिजिटल शब्दविपरीत २९ वटा मत पत्र हाल्ने व्यवस्था गरिएको छ। त्यसकै बिचमा मतपत्र सकिनुले कांग्रेसको निर्वाचन तयारी कति फितलो रह्यो भन्ने पुष्टि गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell