
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेल र ब्रिगेड ब्वाइजले गोलरहित बराबरीमा रोकिएका हुन्।
पहिलो अंकको खोजीमा मैदान उत्रिएको जावलाखेलले ब्रिगेड ब्वाइजमाथि खेल अवधिभर दवाब बनाएको थियो। यद्यपि गोलगर्न दुबै टोली असफल रहे।
त्यस्तै आजै सम्पन्न पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबमाथि १-० को जित निकाल्यो। संकटाको जितमा निरज बस्नेतले निर्णायक गोल गरे। सुरुबाटै खेलमा दवाब बनाएको संकटाका लागि उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए।
योसँगै लिगको चौथो चरणका खेलहरु सकिएका छन्। आजको खेलमा जित निकालेसँगै यसअघिका तीनवटा लगातार खेलमा पराजय ब्यहोरेको जावलाखेलले पहिलो अंक जोडेको छ भने ब्रिगेड ब्वाइज ५ अंक जोडेर सातौं स्थानमा छ। त्यस्तै ८ अंक जोडेको संकटा चौथो स्थानमा रहँदा ५ अंक जोडेको पुलिस पाँचौं स्थानमा छ। तालिकाको शीर्ष दुईमा समान १० अंक जोडेका मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब छन्।