PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

मतपत्र अभावमा पटक-पटक रोकिएको कांग्रेसको मतदान राति पनि जारी हुने, ‘सभापतिमा ४२०० मत खस्यो’



पहिलोपोस्ट

मतपत्र अभावमा पटक-पटक रोकिएको कांग्रेसको मतदान राति पनि जारी हुने, ‘सभापतिमा ४२०० मत खस्यो’

काठमाडौँः मतपत्र अभावमा पटक–पटक रोकिएको नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको निर्वाचन समय थपेर भए पनि आजै पूरा गरिने भएको छ। ९ बजेसम्मका लागि निर्वाचनको समय तोकिएकोमा मतपत्र नहुँदा साँझ ३ घण्टा मतदान रोकिएको थियो। मतपत्र समयमा नआउँदा बिहान पनि साढे तीन घण्टा ढिला गरेर मतदान सुरु भएको थियो। सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय भएको थियो।

कांग्रेस महाधिवेशन निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान प्रक्रिया नरोकिने बताए। श्रेष्ठले सभापतिमा चार हजार दुई सय मत खसिकेको पनि बताए।

राति १०ः३० बजेसम्म मतदानको समय निर्वाचन समितिले तोकेको छ। 

मतदान प्रक्रिया सकिएपछि रातिबाटै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। सभापतिको मतगणना मतदानस्थलमै हुनेछ। अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell