PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

कोरोनाको खोप लगाउन २० हजार घुस माग, अख्तियारले दुई स्वास्थ्यकर्मीलाई समात्यो



रासस

कोरोनाको खोप लगाउन २० हजार घुस माग, अख्तियारले दुई स्वास्थ्यकर्मीलाई समात्यो

काठमाडौं : सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाई दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग २० हजार घुस मागेका थिए।

निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टंगालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट उनीहरुलाई घुससहित पक्राउ गरेको हो।

आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell