
काठमाडौँः नेपाली कांग्रेसको भावी नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म सभापति पदका लागि ४४०० मत खसेको छ। कूल ४७४३ मध्ये ४४०० मत खसेको निर्वाचन समिति सदस्य सीताराम केसीले बताए।
निर्वाचन समितिले मतदानका लागि राति १०ः३० बजेसम्म समय तोकेको छ।
मतदान कार्य सम्पन्न भएपछि आवश्यक प्रक्रिया पु¥याएर सभापति पद बाहेकका मतपेटिका (ड्रम) लाई पार्टी कार्यालय सानेपा पठाइने छ। मतपेटिका सिल गरेर पार्टी कार्यालय पुर्याएपछि सभापतिको मतगणना मतदानस्थल राष्ट्रिय सभागृहमै हुनेछ।
प्रक्रिया पूरा गरेर राति १/२ बजेपछि मतगणना सुरु हुनेसक्ने सदस्य केसीले बताए।
निर्वाचन समितिले यसअघि नै सभापति पद बाहेकको मतगणना पार्टी कार्यालयमा गर्ने जनाइसकेको छ।