PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस नेतृत्व चयनको मतदान सकियोः सभापतिको मतगणना केहीबेरमा हुने, कसले मार्ला बाजी?



नेत्र तामाङ

कांग्रेस नेतृत्व चयनको मतदान सकियोः सभापतिको मतगणना केहीबेरमा हुने, कसले मार्ला बाजी?

काठमाडौँः नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि जारी मतदान सकिएको छ। कूल ४७४३ मतदातामध्ये ४६७९ मत खसेको छ। मतदातामध्ये ६४ जना अनुपस्थित भएका हुन्। निर्वाचन समितिका अनुसार आजै केहीबेरमा सभापति पदको मतगणना हुनेछ। 

मत पेटिकालाई मुचुल्का गरेर मतगणना सुरु गरिने छ। 

सभापति पद बाहेकको मत पेटिकालाई सिलबन्दी गरेर पार्टी कार्यालय सानेपा लगिने छ। सभापति बाहेकका अन्य पदाधिकारीको मतगणना सानेपामा नै हुने छ। 

सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका निर्वाचन समितिले तय गरेको थियो। तर, मतपत्रमा ढिलाइ भएपछि बिहान ११ः३० देखिमात्र मतदान सुरु भएको थियो। यस्तै, साँझमा समेत मतपत्र नभएपछि तीन घण्टा मतदान रोकिएको थियो। मध्यरातमा ११ बजेपछि पनि मतपत्र नहुँदा केही समय मतदान रोकिएको थियो। 

कांग्रेस सभापति पदमा पाँच जना प्रतिस्पर्धामा छन्। 

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारले कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ। 

कूल १३४ पदका लागि कांग्रेसमा ४८६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell