PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

देउवा अघिअघि, शेखर पछिपछि : ८ सय मत गनिसक्दा छैन कोही ५० प्रतिशत माथि



पहिलोपोस्ट

देउवा अघिअघि, शेखर पछिपछि : ८ सय मत गनिसक्दा छैन कोही ५० प्रतिशत माथि

काठमाडौं : राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन अन्तर्गत सभापति पदको मत गणना जारी छ। निर्वाचन समितिले ८ सय ३ मत गनिसक्दाको परिणाम सार्वजनिक गरेको छ। जसअनुसार शेरबहादुर देउवाले अग्रता लिइरहेका छन्।

८ सय ३ मत गनिसक्दा देउवाले ३ सय ८७ मत ल्याएका छन्। दोस्रोमा रहेका शेखर कोइरालाले २ सय ९५ मत ल्याएका छन्। प्रकाशमान सिंहले ६६ मत ल्याउँदा विमलेन्द्र निधिले ४२ मत हासिल गरेका छन्।  कल्याण गुरुङले ३ मत पाएका छन्।

राष्ट्रिय सभागृहमा केही बेर अघि तिनवटै बुथका ड्रम जम्मा भएपछि मत गणनाको प्रकृया अगाडि बढेको थियो।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रारम्भिक लिड लिइरहेका छन्।

पटक पटक मतपत्र सकिँदा निर्वाचन रोकिएको थियो। जसले गर्दा तोकिएकोभन्दा धेरै समय मतदानले नै लियो। 
कांग्रेस सभापति पदमा पाँच जना प्रतिस्पर्धामा छन्। 

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारले कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ। 

कूल १३४ पदका लागि कांग्रेसमा ४८६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell