PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

एक हजार मत गन्दा देउवाको ४७३, शेखरको ३७६



पहिलोपोस्ट

 एक हजार मत गन्दा देउवाको ४७३, शेखरको ३७६

काठमाडौं : राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन अन्तर्गत सभापति पदको मत गणना जारी छ। १ हजार मत गनिसक्दा शेरबहादुर देउवाले देउवा ४७३ मत ल्याएका छन् भने शेखर कोइरालाले ३७६ मत। प्रकाशमान सिंहले ९१ तथा विमलेन्द्र निधिले ४९ मत ल्याएका छन्। कल्याण गुरुङको मत परिणाम ३ छ।

राष्ट्रिय सभागृहमा केही बेर अघि तिनवटै बुथका ड्रम जम्मा भएपछि मत गणनाको प्रकृया अगाडि बढेको थियो।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रारम्भिक लिड लिइरहेका छन्।

पटक पटक मतपत्र सकिँदा निर्वाचन रोकिएको थियो। जसले गर्दा तोकिएकोभन्दा धेरै समय मतदानले नै लियो। 
कांग्रेस सभापति पदमा पाँच जना प्रतिस्पर्धामा छन्। 

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारले कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ। 

कूल १३४ पदका लागि कांग्रेसमा ४८६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell