PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

देउवाको मत २ हजार कट्यो, कोइरालाको १६१५ मत



पहिलोपोस्ट

देउवाको मत २ हजार कट्यो, कोइरालाको १६१५ मत

काठमाडौं: नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ।

सभापतिको मतगणनामा ४२७६ मत मतगणना भएको छ। जसमा शेरबहादुर देउवाले २०४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १६१५ मत ल्याएका छन्। त्यस्तै प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधीले २३८ र कल्याण गुरुङले १९ मत ल्याएका छन्।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारले कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell