PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कांग्रेसमा सभापतिका लागि पुनः मतदान हुने, कुनै उम्मेद्वारले कटाएनन् ५० प्रतिशत मत



नेत्र तामाङ

कांग्रेसमा सभापतिका लागि पुनः मतदान हुने, कुनै उम्मेद्वारले कटाएनन् ५० प्रतिशत मत

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ। सभापतिका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो। कांग्रेसको विधानको दफा १६ को खण्ड (ख) अनुसार सभापति चयनको निर्वाचनमा उम्मेद्वारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्नेछ।

निर्वाचनमा खसेको ४६७९ मतमध्ये सभापतिका प्रतिस्पर्धी देउवाले २२५८ र शेखर कोइरालाले १७२९ मत पाए। जितका लागि २३४० मत आवश्यक थियो।

अन्य प्रतिस्पर्धीमध्ये प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए।

आवश्यक मत पाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने निश्चित भएको हो। प्रतिस्पर्धामा रहेका शेरबहादेर देउवा र शेखर कोइरालाबीच अब दोसो चरणमा प्रतिस्पर्धा हुनेछ।

निर्वाचन समितिले मंगलबार नै दोस्रो चरणका निर्वाचन प्रक्रिया अघि बढाउने छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell