PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

कांग्रेस सभापति चयनको निर्वाचन आजै हुने, निर्वाचन समिति आन्तरिक परामर्शमा



पहिलोपोस्ट

कांग्रेस सभापति चयनको निर्वाचन आजै हुने, निर्वाचन समिति आन्तरिक परामर्शमा

काठमाडौँः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको निर्वाचन आज नै हुने भएको छ। महाधिवेशन निर्वाचन समितिका अनुसार आपसी परामर्शमा मंगलबार नै निर्वाचन समय तोकिने छ। निर्वाचन समिति आहिले परामर्श बैठकमा छ। 

सोमबार सम्पन्न मतदानबाट नेतृत्व चयन हुन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो। 

पहिलो चरणमा कुनै पनि उम्मेद्वारले विधानको व्यवस्था अनुसारको ५० प्रतिशत मत पाउन सकेनन्। सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाए। उनले ४८ प्रतिशत मत कटाए। देउवालाई सभापति हुन थप ८३ भोट आवश्यक रह्यो। 

यस्तै दोस्रो भएका शेखर कोइरालाले १७२९ मत पाए। सभापति जित्न ६१२ मत पुगेन। 

अब देउवा र कोइरालाबीच दोस्रो चरणमा सभापतिका लागि प्रतिस्पर्धा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell