PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

हृदयेश त्रिपाठीले घोषणा गर्दै नयाँ पार्टीः झण्डा, नाम र घोषणापत्र सार्वजनिक हुने



प्रकाश भण्डारी

हृदयेश त्रिपाठीले घोषणा गर्दै नयाँ पार्टीः झण्डा, नाम र घोषणापत्र सार्वजनिक हुने
फाइल फोटो

काठमाडौंः नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी घोषणा गर्न लागेको त्रिपाठीले बताए। 

मंगलबार नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा त्रिपाठीले पार्टी घोषणा गर्दैछन्। 

नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही समय लाग्ने उनले बताए। केन्द्रीय कमिटी घोषणा भने आज नहुने उनले बताए। 
त्रिपाठीले पार्टीको नाम, झण्डा र घोषणापत्र सार्वजनिक गर्न लागेका हुन्। 

'आज नाम, झण्डा र घोषणापत्र सार्वजनिक हुन लागेको हो। अरु कुरा बाँकी छन्। चाँडै केन्द्रीय कमिटी लगायतका काम सकिन्छन्', उनले भने

किन नयाँ पार्टी?
कम्युनिस्ट राजनीतिबाट उदाएका त्रिपाठी केही समयअघिसम्म स्वतन्त्र राजनीतिक समूहका रुपमा सक्रिय थिए। २०७४ सालको निर्वाचनमा सूर्च चिन्ह लिएर उनले चुनाव लडेका थिए। 

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला स्वास्थ्यमन्त्री बनेका त्रिपाठी मन्त्रिपरिषद् विस्तारका बेलामा असन्तुष्ट भएका थिए। त्यसयता नयाँ दल घोषणाको गृहकार्यमा रहेका त्रिपाठी पछिल्लो समय ओलीसँग असन्तुष्ट रहँदै आएका नेता हुन्। 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० बन्दा उनी पनि नेकपामा सक्रिय हुने चर्चा चलेको थियो। तर उनले त्यतातिर चासो देखाएनन्। उनी स्वतन्त्र रुपमै सक्रिय रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell