PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सभापति निर्वाचनबारे सिंह र निधिबीच टेलिफोन संवाद, के भयो कुराकानी?



पहिलोपोस्ट

सभापति निर्वाचनबारे सिंह र निधिबीच टेलिफोन संवाद, के भयो कुराकानी?

काठमाडौंः सभापति चयनका लागि हुन गइरहेको दोस्रो चरणको निर्वाचनको निर्णायक रहेका कांग्रेस नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच टेलिफोन संवाद भएको छ। मंगलबार बिहान कुराकानी भएको हो। दुबै नेता सभापति चयनको दोस्रो चरणको प्रक्रियामा निर्णयक छन्। 

विशेषगरि वर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई दुईमध्ये कुनै एक समूहको समर्थन आवश्यक छ। अर्का प्रतिस्पर्धी शेखर कोइरालालाई भने जितका लागि दुबै नेताको सहयोग अनिवार्य छ। 

नेताद्वयको टेलिफोनमा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जनाए। दाहालले भने, ‘कसरी अघि बढ्ने भन्नेमा छलफल भएको हो। निर्णय भइसकेको छैन।’

सिंह र निधि दुबै सभापति चयनको प्र्रक्रियामा निर्णायक छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell