PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

रामचन्द्रको चियापानबाट सिधै प्रकाशमान भेट्न चाक्सीबारी पुगे देउवा



पहिलोपोस्ट

रामचन्द्रको चियापानबाट सिधै प्रकाशमान भेट्न चाक्सीबारी पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन्।

कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्। अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ।

सभापतिमा दाबी गरेका प्रकाशमान सिंहले ३७१ मत पाएका थिए। त्यसैले शेखर र देउवा सिंहलाई आफ्नो समूहमा ल्याउन कोसिस गरिरहेका छन्।

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सहभागी भएर देउवा सिधै चाक्सीबारी पुगेका हुन्। आज बिहानै देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण चाक्सीबारी पुगेर छलफल गरेका थिए। भेटमा प्रकाशमानले छलफल गरेर निर्णय लिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell