PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

देउवा पुगे प्रकाशमान निवास, चियापानबाट सिधै चाक्सीबारी



पहिलोपोस्ट

देउवा पुगे प्रकाशमान निवास, चियापानबाट सिधै चाक्सीबारी

काठमाडौंः नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न निवास पुगेका छन्। आफ्नाा विश्वासपात्र बालकृष्ण खाणलाई बिहानै भेट्न पठाएका देउवा अहिले आफैँ सिंह निवास पुगेका हुन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेलले लौनचौरमा आयोजना गरेको चियापानबाट देउवा सिधै सिंह निवास चाक्सीबारी पुगेका हुन्। 

सभापति चयनको दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा देउवा सिंह निवास पुगेका हुन्। निर्वाचनमा सिंह निर्णायक अवस्थामा छन्। अहिले देउवा र सिंहबीच छलफल भइरहेको छ।

देउवाका लागि सिंह वा अर्का नेता विमलेन्द्र निधिले समर्थन गरेमा जित सहज छ। तर, निधिले यसअघि नै सहयोग नगर्ने बताइसकेका छन्। 
यस्तै सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइरालाले पनि सिंह र निधिसँग छलफल गर्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell