PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

देउवा र प्रकाशमान मिलेपछि सभागृह बाहिर शेरबहादुरको पक्षमा लाग्यो नारा, सर्वसम्मत बनाउन माग



पहिलोपोस्ट

देउवा र प्रकाशमान मिलेपछि सभागृह बाहिर शेरबहादुरको पक्षमा लाग्यो नारा, सर्वसम्मत बनाउन माग

काठमाडौं : राष्ट्रिय सभागृह बाहिर कांग्रेसका सभापति प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरले नाराबाजी गरेका छन्।

प्रकाशमान सिंहले देउवालाई नेतृत्व चयनका लागि हुने दोस्रो चरणको निर्वाचनमा समर्थन जनाएसँगै मतदानस्थल बाहिर युवाहरुले नाराबाजी गरेका हुन्। युवाहरुले शेरबहादुर र प्रकाशमानको पक्षमा नारा लगाउँदै देउवालाई सर्वसम्मत सभापति बनाउनुपर्ने माग गरेका छन्।

हिजो भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अब धेरै मत ल्याउने देउवा र शेखर कोइरालाबिच आज फेरि प्रतिस्पर्धा हुनेछ। सभापतिका आकांक्षी प्रकाशमानले ३०० बढी मत ल्याएका थिए। सिंहले देउवालाई समर्थन दिएसँगै सभापतिमा देउवा दोहोरिने निश्चित भएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell