PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

कांग्रेस सभापति चयनको दोस्रो चरणको चुनाव ३:३० बजे



पहिलोपोस्ट

कांग्रेस सभापति चयनको दोस्रो चरणको चुनाव ३:३० बजे

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनाव मंगलबार दिउँसो ३ः३० बजेबाट प्रारम्भ हुने भएको छ। निर्वाचन समितिले दोस्रो चरणको चुनावको समय भर्खरै सार्वजनिक गरेको हो। 

पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। 

पहिलो चरणमा देउवाले कूल खसेको ४६८१ मतमध्ये २२५८ र शेखरले १७२९ मत पाएका छन्। अर्का प्रत्यासी समेत रहेका प्रकाशमान सिंहको समर्थनबाट देउवाले आफ्नो जितलाई सहज बनाइसकेका छन्। सिंहले ३७१ मत पाएका थिए। पहिलो चरणमा देउवालाई ८३ मत पुगेका थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell