PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रकाशमानको समर्थन जुटाएर विमलेन्द्र निधि भेट्न पुगे देउवा



पहिलोपोस्ट

प्रकाशमानको समर्थन जुटाएर विमलेन्द्र निधि भेट्न पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा विमलेन्द्र निधिलाई भेट्न पुगेका छन्।

बिहान रामचन्द्र पौडेलको चियापान कार्यक्रममा गएर प्रकाशमान सिंह निवास चाक्सीबारीमा पुगेका देउवा निधि कहाँ पुगेका हुन्।

हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्‍दा बढी मत ल्याउन नसकेपछि आज दोस्रोचरणको निर्वाचन हुँदैछ। आज हुने निर्वाचनमा देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा हुँदैछ। त्यसैको सिलसिलामा देउवा विहानैदेखि दौडधुपमा थिए।

प्रकाशमान सिहंले आज हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन दिने घोषणा गरिसकेका छन्। देउवाले पनि निधिलाई समर्थन गर्न आग्रह गरेका थिए। निधिले आफ्नो समर्थन देउवालाई नै रहेको जवाफ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell